कृष्ण खनाल
बुटवल, वैशाख २८ ।
बुटवलको राजमार्ग चौराहबाट केही यात्रुहरु लिएर आएको पाल्पा भैरव रिक्सा कम्पनी बुटवल १० सुख्खानगरको बुनपा ४४४२ नम्बरको रिक्साको प्रर्दशन कारीहरुले हावा मात्र फुस्काएन रिक्सामा भएको पर्दा समेत च्यातिदिए ।
‘हामी गरिवले त काम गरेर खान पाउनुप¥यो नी भनी रिक्सा मजदुर प्रश्न गर्दा हातमा लामो लठ्ठी लिएका एक वालकले रिक्सा समेत जलाईदिने चेतावनी दिएपछी निरास बनेर रिक्सा डो¥याउदै गन्तव्य तर्फ लागे ।
यो एउटा प्रतिनिधी दृश्य मात्र थियो । जातीय संघीयताको बिरोधमा आव्हान गरिएको विभिन्न जातिय संगठनहरुले आव्हन गरेको नेपाल बन्दमो विगतका बन्दहरुका निर्वाध रुपमा चल्ने गरेका रिक्सा तथा साईकल चलाएको भन्दै हावा फुस्काईदिने दृश्यहरु विहनै देखी देखिएको थियो ।
क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, ठकुरी समाज महासंघ, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जनजागरण सेवा संघ, खस क्षत्री एकता समाज, पिछडा वर्ग महासंघ र रानाभाट सेवा समाजको संयुक्त आव्हानमा नेपाल बन्द गरिएको हो ।
‘कही नभएको जात्रा हाडीगाँउमा’ भन्ने उखान लाई चरितार्थ गर्दे बन्द आव्हान कार्यक्रर्ताहरुले दर्जनौ रिक्सा तथा साईकलको हावा फुस्काईदिने तथा क्षती पु¥याउने काम गरेका थिए । भने दिउसोबाट साईकलन चल्न दिइएकोमा रिक्साहरु भने चलाउनमा पुर्णतया रोक लगाइएको थियो । जुन पुर्व घोषित कार्यक्रम भने थिएन ।
विगतको बन्दमा निर्वाधरुपमा चल्दै आएका रिक्सा तथा साईकल चलाउन नपाउने भनि कुनै पनि पुर्व जानकारी गराइएको थिएन ।
बुटवलको मिलनचोकमा बन्द गराउन बसेका महिलाहरुले समेत रिक्सा तथा साईकलन चलाउन पाउने तथा नपाउने भन्ने विषयमा अनविज्ञता प्रकट गरे । उनिहरुले तपाईले वितरण गरेको पम्लेटमा त रिक्सा तथा साईकल समेत चल्न नपाउने भनि उल्लेख गरिएको त छैन ? भन्ने संवादाताको जिज्ञासामा आफुहरु संग भएको पम्लेट निकालेर हेर्दे भने –‘ य त्यो त उल्लेख रहेनछ ।’
बन्दआव्हान कर्ता विहानै देखी सडकका चोक चोकमा उत्रिएर सवारी साधन चल्नमा अवरोध गरेका थिए । बन्दको प्रभाव पुर्ण रुपमा परेको थियो भने शैक्षिक संस्था, उद्योग कलकारखाना तथा विभिन्न व्यापारीक प्रतिष्ठानहरुमा पुर्ण रुपले प्रभाव परेको थियो । ठाउ“–ठाउ“ बन्द कार्यक्रताहरुले टायरवालेर प्रर्दशन गरेका थिए । बुटवलको मिडियाचोक, राजमार्ग चौराह, मिलनचोक लगाएतका विभिन्न भित्री सडकहरुमा प्रर्दशन गरिएको थियो ।

.jpg)