राष्टिय शक्ति प्रजातन्त्र पार्टीको क्षेत्रीय अध्यक्षमा बेल्वासे चयन

न्यूज संवाददाता
अर्घाखाँची

राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी क्षेत्र नं. २ को क्षेत्रीय भेला अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैसाख २१ गते सम्पन्न भेलाले सुवेदार दान बहादुर बेल्वासेको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भोजराज दमासे, सचिवमा तारा भण्डारी, कोषाध्यक्षमा नारायण बहादुर खड्का र सदस्यहरुमा क्रमश ः माया वन्जाडे, देवी बहादुर खड्का, लोकेन्द्र शाह, घनश्याम बेल्वासे, रण बहादुर गन्दर्भ, तारा प्रसाद भट्टराई, डाल प्रसाद भट्टराई, सावित्रा गैरे, टामलाल भट्टराई, कृष्ण प्रसाद गैरे र अनुप हमाल रहेका छन् ।
स्थानीय स्तरमा समेत पार्टी एकीकरणमा लागेको पार्टीको यही जेठ २ गते क्षेत्र नं. १ को क्षेत्रीय भेलाको आयोजना गरिएको जिल्ला सचिव अम्मर बहादुर थापाले बताए । उनका अनुसार त्यही भेलाले नै जिल्ला अधिबेशनको तिथी मिति तय गरिनेछ ।
Tags: ,