स्थानीयवासीको अवरोधका कारण रोकिएको अर्घाखाँची जिल्लाको नरपानीमा रहेको पर्वतको चुनढुंगा कसरी उत्खनन गर्न सकिन्छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यलयमा भएको छलफलमा चर्काचर्की भएको छ ।
खानी तथा भुगर्भ विभागले स्थानीय वासीको जनजीवनमा प्रभाव पार्ने समस्याहरुको समाधान गर्दै उद्योग सञ्चालन गर्न सकिने भन्दै उद्योगमा पत्र पठाएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारीले सर्वपक्षिय वैठकको आयोजना गरेका थिए ।
राष्ट्रियष् जनमोर्चा लगायतका साना दल उत्खनन सञ्चालन गर्न नहुने पक्षमा देखिएपनि अधिकांस ठूला दलहरु समस्याहरुको निराकरण गर्दै चुनढुंगा उत्खनन शुचारु गर्नुपर्ने पक्षमा छन् । कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज, नेपाली काँग्रेसका जिल्ला सभापती कमल भुसाल, एमालेका उपाध्यक्ष जनार्दन खनाल लगायतले उद्योग नै वन्द गर्नु वान्छनिय नहुने भन्दै स्थानीयवासीको मागको सम्वोधन गर्दै उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । माओवादी इन्चार्ज खड्काले पटक पटक संघर्ष समिति गठन गरी वार्गेनिङ्गको माध्यम वनाइएका कारण संघर्ष समिति प्रति नै शंका गर्नुपर्ने ठाउँ रहेको बताए । सागर के.सी.को नेतृत्वमा गठित वातावरण संरक्षण मञ्च प्रति लक्षित गर्दै उनले प्रतिप्रश्न समेत गरे “पदम के.सी.को नेतृत्वमा एउटा समिति हुँदा हुँदै अर्को समितिको गठन किन गरियो ।”
कार्यक्रममा रोक्का संघर्ष समितिका कानुनी सल्लाहकार के.वि. भुसालले चुनढुङ्गा उत्खनन शुरु गर्न कुनैपनि हालतमा नलिईने बताए । विगतमा भएका सम्झौताहरु उद्योगको तर्फबाट पालना नगरिएका कारण अहिलेको अवस्था सृजना भएको भन्दै उनले कम्पनीप्रति विश्वास गर्न नसकिने बताए । “कमपनी विश्वासघाती भएका कारण उ प्रति विश्वास गर्न सकिने ठाउँ छैन । यसर्थ हामी उत्खनन गर्न दिने पक्षमा छैनौं ।” उनले भने “हामी निरन्तर लड्छौं ।कानुनी उपचार खोज्छौं तर नरपानी भत्काउन दिदैनौं ।”
यता चुनढुंगा उत्खननका विषयमा स्थानीयवासी नै विभाजित देखिएका छन् । आन्दालनको नेतृत्व गरिरहेका पदम के.सी. लगायतको एउटा पंक्ती चुनढुङ्गा उत्खननका कारण पानी सुकेको भन्दै उत्खनन रोक्नुपर्ने पक्षमा छ भने स्थानीय केही व्यक्तीहरुले उत्खननका कारण पानी रोकिएको भ्रम सिर्जना गरेर अवरोध गरिएको आरोप लगाउदै उत्खनन शुचारु गर्नुपर्ने वताएका थिए । उनीहरुले “लुक्ने पानी भएका कारण त्यो मुहानको नाम नै लुकापानी रहेको” भन्दै त्यो पानी अन्यत्रबाट निस्किएको बताएका थिए ।

.jpg)