कोइनाले अहिले माइकल हर्शलको फिल्म द स्टोरी अफ नाओमीमा काम गरिरहेकी छिन् । कोइनाले यस फिल्ममा एक यस्ती पत्नीको भूमिका निर्वाह गरेकी छिन् जसको आफ्नो लोग्ने बाहेक अरु पुरुषसँग पनि सारीरिक सम्बन्ध हुने गर्छ ।
हालै आफ्नो करिअरको बारेमा कुराकानी गर्दै कोइनाले आफुले फिल्मी क्षेत्रमा निकै पापड बेल्नुपरेको र हलिउडमा काम पाउनका लागि समेत दश पटक अडिसन दिनुपरेको बताइन् ।
फिल्मी लाइनमा धेरै दुख पाएकाले होला उनलाई जंग चलेको रहेछ । त्यसैले आफु हलिउडमा स्थापित हुन जे सुकै गर्न तयार रहेको उनको भनाइ छ । आफुलाई सेक्स सिन दिन तथा नांगिन समेत कुनै अप्ठेरो नहुने कोइनाको दाबी छ । उनले भनेकी छिन्,’मलाई सेक्स सिन्स दिन कुनै अप्ठेरो लाग्दैन, मैले स्त्रिmप्ट अनुसार आइटम नम्बर पनि गर्न सक्छु र न्यूड पनि बन्न सक्छु ।’
आफु फिल्ममा न्यूड बन्नसक्ने कोइनाको हिम्मतलाई मान्नर्ैपर्छ । तर उनी कहिले नांगिन पाउलिन् त्यो भने भविष्यले देखाउला । कोइना नांगिएका फिल्म दर्शकले रुचाउने हुन् की होइनन् त्यो पनि भविष्यकै गर्भमा छ । तर फिल्मी लाइनमा टिक्न अभिनय अब्बल बनाउने भन्दा नांगिने हदसम्म पुग्ने उनको भनाइलाई लिएर कतिपयले उनलाई क्षमता नभएकी काइते समेत भन्ने गरेका छन् ।
.jpg)
