कुश्मा बलेवा केवलकारलाई २ करोड ५९ लाख बजेट सकंलन


पर्वतको सदरमुकाम कुश्मा बजार देखी बाग्लुङ्ग जिल्लाको बलेवालाई जोड्ने केवलकारमा आठ महिना पछि सरर जान पाईने भएको छ । जेष्ठको दोस्रो साताबाट निर्माण कार्य शुरु गरी आगामी पुस महिनाको अन्त्य सम्ममा केवलकार मोडलको यान्त्रीक पुल निमार्ण कार्य सम्पन्न हुने पक्का भएपछि स्थानीयवासी केबलकार चढ्न पाउने भएका हुन । ५ सय ३२ मिटर लम्वाई र २ सय ९४ मिटर अग्लाई कुश्मा बलेवा केवलाकारका लागी २ करोड ५९ लाख रुपैंया बजेट सकंलन भैसकेको छ । कुश्मा बलेवा यान्त्रीक पुल प्रालीमा शेयर कमम सकंलन गरेका स्थानीय समुदाय मध्ये ३ सय ३७ जनाको ५० प्रतिशत शेयरबाट केवलकार निर्माण अगाडी बढाईने भएको हो । उक्त बजेटले तत्कालै लागानी शुरु भैइ आठ महिना भित्र कुश्मा बलेवा केबलकार सम्पन्न हुने कुश्मा बलेवा यान्त्रीक पुल प्राइभेट लिमीटेडले जनाएको छ ।
उद्योग वाणीज्य सघं पर्वतको पहलमा यान्त्रीक पुल निर्माण गर्न खोलीएको सो कम्पनीका सेयरहरु मध्येको उक्त सकंलीत रकमबाट केवलकार निर्माणका लागी कुल २ करोड ४४ लाख ९२ हजार २ सय रुपैंया खर्च लाग्ने कुश्मा बलेवा यान्त्रीक पुल प्रालीका अध्यक्ष होम नारायण श्रेष्ठले बताएका छन । केबलकार मोडलको यान्त्रीक पुल निर्माण गर्न अहिले सम्म २२ लाख ८० हजार रुपैंया रकम खर्च भैसकेको र बाँकी रकमबाट आगामी आठ महिनामा केवुल कार निर्माण सम्पन्न गर्न रोपवे केवलकार प्रालिले जिम्मा लिने श्रेष्ठले बताए । रोपवे प्रालीलले सम्भाब्यता अध्यान गरी लागत स्टमेट समेत पुरा गरी निर्माणको चरणमा पुगेको छ ।
Tags: , ,