बिद्यालय ब्यबस्थापन समिति गठन

अर्घाखाँची जेठ १७
गौतम प्राबी किमडाँडा ७ आपखोला, अर्घाखाँचीमा अभिभाबक भेला तथा बिद्यालय ब्यबस्थापन समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।

  अभिभाबकको भेलाले टोपबहादुर थापाको अध्यक्षतामा व्यवस्थापन समितिको गठन गरेको छ । जसको सदस्यहरुमा पबित्रा सुनार, कमला बन्जाडे, धनमाया पाण्डे, खडानन्द भुसाल, अशोक पाण्डे शिक्षक प्रतिनिधि मित्रा भुसाल र सदस्य सचिब बिद्यालयका प्रधनाध्यापक द्रोणप्रसाद आचार्य रहनु भएको छ ।

   त्यस्तै रामप्रसाद सापकोटाको अध्यक्षतामा शिक्षक अभिभाबक समितिको समेत गठन भएको छ । जसको सदस्यहरुमा कमला नेपाली, ईन्द्रबहादुर थापा, निर्मला परियार, बिनीता बिक, डिल्लीराज थापा, तारा सुनार, हेमन्त बिक, कमला पाण्डे, भगबता बिक र सबिता भुसाल रहेका छन् ।
Tags: ,