अर्घाखा“ची टेलिभिजनका कर्मचारीद्वारा सामुहिक राजिनामा

विजय दमासे
स्थानिय केवलस“ग साझेदारी गरि सन्धिखर्कमा संञ्चालित एटिभि नामको च्यानलमा कार्यरत कर्मचारीहरुले समुहीक राजिनामा दिएका छन् । 
स्थानिय स्तरबाट विगत ३ महिना देखी संञ्चालित एटिभि च्यानललाई व्यवस्थित, मर्यादित तवरले संञ्चालन गर्न च्यानल संञ्चालकहरु उदाशिन रहेको भन्दै च्यानललाई व्यवस्थित, मर्यादित तवरले संञ्चालन गर्न माग गदै“ एटिभि कर्मचारी पत्रकार संघले केही दिन अघि संचालकहरुलाई ७ ब“ुदे ध्यानाकर्षण पत्र सहित असार १ गते सम्म अल्टिमेटम दिएतापनि आफ्ना मागहरु प्रति संञ्चालक समिति कानमा तेल राखेर बसेको र माग सम्बोधनको साटो आफूहरुलाई संञ्चालक समितिका जिम्मेवारी व्यक्तिहरुले गैर जिम्मेवारी पूर्ण अभिव्यक्ती दिनुका साथै अस्वभाविक, अभद्र व्यवहार गरेको भन्दै सो च्यानलमा आवद्ध कार्यरत पत्रकारहरुको साझा संगठन एटिभि कर्मचारी पत्रकार संघले प्रेस विज्ञप्ती जारी गदै सामुहीक राजिनामा दिएको जनाएको छ असार १ गते सम्ममा मागहरु सम्बोधनको सुरुवात हुनुपर्ने अन्यथा बाध्यत्मक कदम चाल्ने अनुसार आफ्ना मागहरु प्रति संञ्चालक समितिले व्यवस्ता गरेको ठहर गर्दै कर्मचारीहरुले पुर्व घोषित बाध्यात्मक स्वरुप एटिभि कर्मचारी पत्रकार संघका सम्पूर्णले सामुहिक राजिनामा दिएको जारी विज्ञप्तीमा उल्ल्ेख गरिएको छ ।
एटिभिमा कार्यरत पूर्व कर्मचारीहरुका अनुसार आफुहरुले सामुहीक राजिनामा दिएपछि संञ्चालक समितिका केही व्यक्तिहरुले माग प्रति वेवस्ता गर्दै मनोमानी ढंगले आफुखुसी व्यक्ति राखेको भन्दै आक्रोस पोखेका छन् । आफ्ना जाहेक मागप्रति उदाशिन रहि संञ्चालक समितिले यस्तो कदम चाल्नु दुर्रभाग्य रहेको उनिहरुले जिकिर समेत गरेका छन् । संञ्चालक समितिले स्थापना कालदेखी सो संस्थामा काम गरेका आफ्ना कर्मचारीलाई निकालि नया“ कर्मचारी राख्ने दुष्प्रयासको एटिभि कर्मचारी पत्रकार संघले कडा प्रतिपात गर्ने बताएका छन् । उनिहरुले यथाशिघ्र स्थापना कालदेखी हालसम्मको पारिश्रमीक आफुहरुले नपाएको बताउ“दै तत्काल पारिश्रमीक उपलव्ध नगराए कानुनी प्रक्रियामा जान आफुहरु बाध्य हुने बताएका छन् ।
यस्तै, केवल च्यानल संञ्चालन गरि सोझा सिधा व्यक्तिहरुलाई टेलिभिजनको प्रतिनिधि, आवद्ध भएको कार्ड, जाकेट बनाईदिने नाममा च्यानलमा कामगर्ने सामान्य कर्मचारी सरहका केही व्यक्तिले आफुलाई कार्यकारी निर्देशकको संज्ञा दिर्दै मनोमानी ढंगले रकम उठाए खुलेको छ ।
भगवती गाविस निवासी रेडियो स्काई गुल्मीमा कार्यरत शोभाखर पाण्डे सोही च्यानलमा काम गर्ने उद्येश्यले अर्घाखा“ची आएको र उनिबाट विना दर्ताको च्यानलले प्रतिनिधि आवेदन फर्मको नाममा ५सय, प्रेस कार्ड जाकेटको नाममा १५००।. रुपैया मनोमानी रुपमा असुलेको उनले हामी सामु बताएका छन् । यस्तै बाङ्ग ला गाविस घर भई हाल सोही च्यानलमा कार्यरत प्रविधिक, क्याम्रा तर्फ काम गर्ने रमेश अधिकारी भन्छन् “काम गरेको ३ महिना भन्दा बढि भयो । यहा“ काम गरेदेखी घरबाट ल्याएर आफ्नो जिविका गुजारेको छु । टेलिभिजनस“ग काम गरेको पैसा माग्दा । टेलिभिजनका संयोजक बासु“देव आचार्यले “समान ल्याई जुटाई दिएको छु गरओ खाओ” भनेका भन्दै उनले “हाल सम्म एक रुपै“या पा छैन् होटलमा खाएर बसे अव कसरी तिर्ने” भन्दै हामी सामु दुखेसो पोखेका छन् । टेलिभिजनको नाममा सो केवल च्यानले व्यक्ति, संघसंस्था, प्रायः सरकारी कार्यलयहरुबाट मनोमानी ढ्ंगले ५ सय देखी ५० हजार सम्म नया“ बर्षको शुभकामना भन्दै उठाएको उनीहरुले दावी गरेका छन् । त्यस्तै हाल आएर केवल च्यानलले कर्मचारी आवश्यकताको नाममा १८ जना व्यक्तिहरुस“ग ५ सयका दरले मनोमानी ढंगले पैसा असुलेको छ । माथी उल्लेख गरिएका भगबती गाविस अर्घाखा“ची निवासी शोभाखर पाण्डेलाई जस्तै प्रतिनिधि आवेदन भरेकाहरु धेरैस“ग च्यानलस“ग आवद्ध संयोजक निकटका व्यत्तिहरुले टेलिभिजनको कार्ड, जाकेटको नाममा मनोमानी ढ्ंगले पैसा उठाउने गरेका रहस्य सर्वजनीक हुर्दै गएको छ ।
Tags: ,