सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क तथा यस आसपासका युवाहको भेला हुने भएको छ । देशमा बढ्दो बेरोजगारी र युवाहरुको भूमिका लगायतका विषयमा छलफल हुने र सिर्जनशिल युवा समाज सन्धिखर्कको गठन गर्ने उद्धेशयले कार्यक्रम गर्न लागिएको बताइएको छ ।
कार्यक्रम यही श्रावण २७ गते शनिवारका दिन दिनको १२ वजे लदाम बँगैचामा हुने जनाइएको छ ।
सन्धिखर्क तथा चुत्रावेसी बजारमा रहेका युवाहरुलाई लक्षित गरि यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको बारेमा जानकारी लिनु परेमा निम्न साथिहरुसंग सम्पर्क गर्न आयोजक युवाहरुले आग्रह गरेका छन् ।
थप जानकारीका लागि देउराली मोवाईल सेन्टर-कृष्ण खनाल९९८५७०६१०१३०, पूजा आर्टस-हरिप्रसाद भुसाल९९८५१०६२४०५०, फलामखिली होट- प्रेम आले९९८४७१५६८४२० लाई संपर्क गर्न सकिने छ।
.jpg)

