बुटवलमा अर्घाखाँचीबासीहरुको भेला सम्पन्न


हरिप्रसाद नेपाली
असोज १५, बुटवल
अर्घाखाँचीबाट बुटवलमा आई विभिन्न पेशा र क्षेत्रमा आवद्ध व्यक्तिहरुको भेला आज बुटवलमा सम्पन्न भएको छ ।
बुटवल नेपालगञ्ज रोडमा रहेको होटल क्याराभानमा सम्पन्न भेलाले आफुहरुको हक हित र स्वतन्त्रताको लागि अर्घाखाँची वुटवल स्वतन्त्र सम्पर्क मञ्चको गठन गर्ने निर्णय गरेको छ ।
मञ्च गठन गर्नका लागि एक महिनाभित्र आम भेला सम्पन्न गर्ने र सोही भेलाबाट कार्यसमिती गठन गर्ने गरी केशव श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय भेला आयोजक समितिको गठन गरेको छ ।
जसको सहसंयोजकमा प्रेम वन्जाडे र सदस्यहरुमा क्रमस ः बसन्त जि.सी., मेगराज दनाल, माधव नाल, अर्जुन घिमिरे, किसन के.सी., नारायण बन्जाडे, रामप्रसाद खनाल, हरिप्रसाद आचार्य, कृष्ण रायमाझी, नारायण खनाल, सोभित कुँवर, कृष्ण प्रसाद पोखरेल, महेश पन्थी, विजय खत्री, पिताम्वर घिमिरे, तुल्सी खनाल, सरोज महत, नारायण खनाल, मान बहादुर कुँवर, ठाकुर प्रसाद भुसाल लगायत रहेका छन् ।
मञ्चले बुटवलमा आई बसोवास गर्ने हक हितको लागि एकतावद्ध आवाज उठाउने भेला आयोजक समितिका सहसंयोजक प्रेम बन्जाडेले अर्घाखाँची न्यूजलाई जानकारी दिएका छन् ।
Tags: , ,